नियम १००
बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
सेवा निवृत्त
कर्मचारीले बुझाउनु पर्ने सरकारी नगदी, जिन्सी र कागजात नियमानुसार नबुझाएमा
त्यसरी नबुझाएको अवधिसम्मको लागि निजले पाउने उपदान वा निवृत्तभरण रोक्का गर्न
सकिनेछ । त्यस्तो सरकारी नगदी, जिन्सी र कागजात बुझ्नु पर्ने कर्मचारीले पनि
तोकिएको समयमै बुझिलिनु पर्नेछ ।